साफ फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट

महिला साफ च्याम्पियनसिपले पहिलोपटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ ।

आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसिपमा पाँचपटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो । 

यसअघि पाँचपटक उपाधि जितेको भारत सेमिफाइनलबाट बाहिरिइसकेको छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा नेपाल र बंगलादेश दुवै टोलीले उपाधि जित्ने योजना बनाएका छन् । 

नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्नेमा विश्वासी छन् । फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै बंगलादेशविरुद्ध विश्वास गर्नेछन् ।

यद्यपि, अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन टोलीमा फर्कनेछन् । तर, अघिल्ला दुबै खेलमा बाहिर रहेका सावित्रा र मञ्जलीलाई प्लेइङ सेटमा राख्ने योजनामा छैनन् । थापा अघिल्लो खेलमा टिमवर्क देखिएकाले सोहि टिमलाई मौका दिन सक्छन् ।

गोलरक्षकको जिम्मेवारी अघिल्ला खेलझै कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले निर्वाह गर्नेछिन् । नेपाली टिम ४–४–२ को रणनीतिमा उत्रने छ । डिफेन्डरमा अमृता जैसी, पुनम जर्घा मगर, गीता राई र हिराकुमारी भुजेल हुनेछन् । पुनम र गीताले सेन्ट्रल ब्याकमा हुनेछन् । यस्तै, अमृता राइट ब्याक र हिरा लेफ्ट ब्याकमा हुनेछन् । 



यता, मिडफिल्डरमा अनिता केसी, सरू लिम्बू, दीपा शाही र अनिता केसी हुनेछन् । केसी र बस्नेत क्रमशः राइट र लेफ्ट विंगरमा हुनेछन् । अट्याकर रश्मीकुमारी घिसिङ र प्रीति राईले नै अवसर पाउनेछन् ।

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा दुई खेलाडीको अग्रपंक्तिमा राम्रो तालमेल मिलेको थियो । यदि गोल ननिस्केको अवस्थामा सावित्राले पहिलो हाफ मै मौका पाउन सक्छिन् । 



फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले संन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने याे सुनौलो अवसर रहेको बताइन् । 

नेपालको सम्भावित सुरुवाती–११ :

गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान) 

डिफेन्डरः अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिराकुमारी भुजेल

मिडफिल्डरः अनिता केसी, सरु लिम्बू, दीपा शाही, अनिता बस्नेत

स्ट्राइकरः रश्मीकुमार घिसिङ, प्रीति राई

  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १३:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया