डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग
फाइल तस्बिर

अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेसागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।

संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ - ‘डा. केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।’

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सात बुँदे माग राख्दै डा. केसी आठ दिनदेखि कैलालीको धनगढीमा अनशनरत छन् । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १७:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया