फाइनलमा नेपाली टिम पराजित भएपछि प्रशिक्षकले दिए राजीनामा

साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । 

उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । ‘साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले भने । 

दशरथ रंगशालामा भएको छैटौँ संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार २०:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया