गैरसरकारी संस्थाका कामलाई सुक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गरेकी छन् । बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रूपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताएकी हुन् ।

मन्त्री रेग्मीले सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताइन् ।

मन्त्री रेग्मीले परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रूपमा अध्ययन गरिरहेको बताइन् । उनले गैर–सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताइन् ।

मन्त्री रेग्मीले सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरू तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता रहेको स्पष्ट पारे ।

मन्त्री रेग्मीले परिषद्बाट राष्ट्रिय आवश्यक्ता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरूप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको पनि बताइन् । परिषदकी अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले सामाजिक संघ,संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिवद्धसमेत रहेको बताइन् ।  

‘सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भइ गरिब, विपन्न, समुदायको सामाजिक, आर्थिक रूपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको छ । परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रूपमा अध्ययन गरिरहेको छ,’ मन्त्री रेग्मीले भनिन् । 



उनले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरू सञ्चालन गरीरहेको बताइन् । उनले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरु गरेको बताइन् ।  



  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ११:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया