काठमाडौं महानगरको निर्देशन : ३० दिनभित्र साइनबोर्डबापतको शुल्क बुझाउनू

काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका परिचय पार्टीबापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ । महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यापार गर्ने संस्थाले परिचय पार्टी बापतको शुल्क ३० दिनभित्रमा बुझाउन अल्टिमेटम दिएको हो । 

केही व्यक्ति संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखी आएको परिचय पाटी (व्यक्ति व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने शुल्क नबुझाएपछि सूचना जारी गरेको महानगरले जनाएको छ । 

महानगरपालिकाको आर्थिक ऐन, २०५९ को अनुसूची २ बमोजिमको शुल्क बुझाउन आग्रह गर्दै उक्त अवधिभित्र परिचय पार्टीको शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी समेत दिएको छ । 

काठमाडौं महानगरपालिकाले यसअघि अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको थियो । महानगरले असोज ५ गते सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको थियो । 
 





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ११:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया