पाएका मान्छेले झन् धेरै पाउने खेल राजनीति होइन : रेखा थापा

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेकी राप्रपा नेत्री रेखा थापाले आफू आफ्नो साझा पहिचान थाती राखेर राजनीति मा होमिएको बताएकी छन् । पाएका मान्छेले झन् धेरै पाउने खेल राजनीति नभएको समेत उनले सामाजिक सञ्जालमा लेखेकी छन् । 

‘म अरू भित्र, आफू भित्र र समस्त ब्रह्माण्डमा धेरै सम्भावना छन् भन्ने ठान्दछु । कोही पहिचान बनाउन राजनीतिको सहारा लेलान् अर्कै कुरा- म आफ्नो साझा पहिचान थाती राखेर राजनीति मा होमिएको हुँ,’ अभिनेत्रीसमेत रहेकी थापाले लेखेकी छन्, ‘राप्रपामा बितेका सात वर्ष रहेर मैले एउटा कुरा स्थापित गर्न चाहेकी छु - राजनीतिको केन्द्रमा कमजोर, गरिब, पिछडिएको र अवसर नपाएका जनता हुनु पर्छ । पाएका मान्छेले झन् धेरै पाउने खेल राजनीति होइन । राजनीतिले ती नागरिकको सेवा गर्नु पर्छ जसको कोही छैन ।’ 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ११:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया