मनास्लु हिमपहिरोमा फसेका थप सात जनाको उद्धार
फाइल तस्बिर

मनास्लु हिमपहिरोमा फसेका थप सात जनाको उद्धार गरिएको छ । सोमबार २ जनाको उद्धार गरिएकोमा आज बिहान थप ७ जनाको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालकाअनुसार हेलिकोप्टरमार्फत उद्धार गरिएका ७ मध्ये ४ जनालाई काठमाडौं पठाइएको छ । बाँकी ३ जना सामा गाउँमै छन् ।

सोमबार साँझ हिमपहिरोमा परी घाइते भएका २ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो । अवस्था बुझेर अन्य घाइतेहरूको पनि उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १०:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया