वाइसीएलको चुनावी अभियानः ‘एक बुथ, २०० युथ’ खटाउने तयारी
वाइसीएल अध्यक्ष सुबोध शेर्पाली

नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले निर्वाचन लक्षित अभियान सन्चालन गर्ने भएको छ । वाइसीएल अध्यक्ष सुबोध शेर्पालीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘एक बुथ, २ सय युथ’ परिचालन गर्ने भएको हो । 

वाइसीएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठकले तीन महिने सुदृढीकरण तथा विस्तार अभियानसमेत घोषणा गरेको छ । अभियानको उद्देश्य देशभर ९ लाख सदस्यता वितरण गर्ने रहेको शेर्पालीले बताए ।

वाइसीएलको विधानको व्यवस्था अनुसार हरेक वडामा कम्तीमा १ सय सदस्यता वितरण हुने छ । त्यस्तै प्रत्येक वडामा १ वडा कमिटी र ३ इकाइ कमिटी समेत बन्ने छन् ।





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार १५:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया