आज दसैंको आठौं दिन, शक्तिपीठमा भक्तजनको घुइँचो [फोटो फिचर]

नवरात्रको आठौँ दिन पनि बागमती प्रदेशको राजधानी हेटौंडाको शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।  

हेटौंडा–१ मा रहेको पाथिभरा देवीको मन्दिर, हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर, हेटौंडा–१५ रातोमाटेमा रहेको चुरीयामाई, हेटौंडा– ४ मा रहेको पशुपती मन्दिरलगायत शक्तिपीठमा आश्विन शुक्ल प्रतिपदादेखि नै भक्तजनको घुइँचो छ । त्यति मात्रै होइन भक्तजनले हेटौंडाका विभिन्न स्थानमा दुर्गा भगवानीको मूर्ति राखेर पूजाआराधना समेत गरिरहेका छन् । गत वर्षहरूमा कोरोनाका कारण सबैजसो शक्तिपीठ लगभग बन्द जस्तै थियो । यस वर्ष कोरोना जोखिम कम भएकाले मन्दिरहरूमा भक्तजनको भिड लागेको छ । हेर्नुस् तस्बिर :





  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार ८:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया