राष्ट्रपति भण्डारीले भोलि दसैंको टीका लगाइदिने, मर्यादित पोसाकमा आउन आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (बुधबार) विजया दशमीका दिनमा विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई टीका लगाइदिने भएकी छन् ।

उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ । 

राष्ट्रपति कार्यालयको अनुसार उच्च पदस्थको टीका कायक्रमलगतत्तै सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन पनि अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार १०:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया