कंकालिनी भगवती मन्दिरमा ६६९ राँगाको बलि
फाइल तस्बिर

सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा बडादसैंको महानवमीका दिन ६ सय ६९ राँगाको बलि चढाइएको छ  ।  

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा उक्त संख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए ।

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबैभन्दा प्रथम स्थानमा परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा निवासी सरोज मण्डलको राँगाको बलि चढाइएको थियो । भारदह गाउँभरिबाट बलि प्रदानका लागि आएकाहरुबीच गोलाप्रथा लगाउने अनि जसको पहिलो नम्बरमा आउँछ उसैको पशुलाई पहिले बलि दिइने गरिन्छ । त्यसपछि बलि प्रदानको लागि विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतका विहार राज्यबाट आएका अन्य व्यक्तिको राँगालाई बलि दिइएको थियो । मंगलबार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो ।  

यस्तै, कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब २५ हजारको हाराहरीमा खसीबोकाको बलि दिएको थियो ।  आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ । गत वर्ष कंकालिनी मन्दिरमा ७ सय ४४ राँगाको बलि दिइएको थियो ।  





  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार १०:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया