यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिक क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि तीन वैज्ञानिकलाई उक्त पुरस्कार दिइने भएको नोबेल समितिले जनाएको छ । तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् ।
पुरस्कृतमध्ये ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रोपटक हो । यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
गत वर्षको रसायनतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।