बलिउड अभिनेता अरुण बालीकाे निधन

बलिउडका चर्चित अभिनेता अरुण बालीकाे निधन भएकाे छ । ‘थ्री इडियट्स’ जस्ता चलचित्रमा अभिनय गरेका उनकाे शुक्रबार बिहान ४ः३० बजे मुम्बईको उपनगरस्थित निवासमा निधन भएको हाे ।

बाली ७९ वर्षका थिए । उनका छोरा अंकुशका अनुसार माइस्थेनिया ग्रेभिस नामक अटोइम्यून रोग स्नायु र मांसपेशीबीचको सञ्चारमा समस्या भएकोले उनलाई यसवर्षको सुरुमा अस्पतालमा भर्ना गरिएको थियाे ।

उनले बालीले प्रख्यात फिल्म निर्माता लेख टन्डनको टिभी कार्यक्रम ‘दुसरा केवल’बाट सुपरस्टार शाहरुख खानको काकाको रूपमा अभिनयको सुरुवात गरेका थिए ।

बालीका केही चर्चित फिल्महरूमा ‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट पृथ्वीराज’, र ‘लाल सिंह चड्ढा’ रहेका छन् ।

उनको अन्तिम फिल्म ‘गुडबाइ’, जसमा अमिताभ बच्चन र रश्मिका मन्डन्ना पनि छन् । गुडबाइ शुक्रबार रिलिज भएको छ । बालीका एक छोरा र तीन छोरी छन् ।





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १२:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया