बझाङबाट यी उम्मेदवार भिड्दैछन् चुनाव

नेकपा एमालेले बझाङसहित सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । एमालेले सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाएर प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । 

एमालेले बझाङबाट प्रतिनिधि सभामा केन्द्रीय सदस्य ऐन महरलाई उम्मेदवार बनाउने भएको छ । त्यसै गरी प्रदेश सभा क्षेत्र नं. ‘क’ का लागी केन्द्रीय सदस्य अफिलाल ओखेडा र प्रदेश सभा क्षेत्र नं. ‘ख’ का लागी एलबी रावललाई टिकट दिने निर्णय गरेको हो ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी उम्मेदवार बन्ने भएका छन् भने प्रदेश सभा ख का लागी नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई टिकट दिइएको छ । प्रदेश सभा क्षेत्र नं. ‘क’ का लागी नेपाली कांग्रेसबाट पृथ्वीबहादुर सिंहको चर्चा रहेको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति खड्क बोहराले अहिले नै क्षेत्र नं. ‘क’ को उम्मेदवारको टुंगो नलागेको बताए । आकाङ्क्षी धेरै भएका कारण आज राति वा भोलि बिहानसम्म उम्मेदवारको टुंगो लाग्ने बोहराले बताए । 





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार २०:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया