फिल्म ‘कौसीद’ आगामी १५ पुसमा रिलिज हुने

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘कौसीद’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको फिल्ममा कुमार भास्करको निर्देशन छ ।

फिल्ममा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलको छायांकन रहेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।

फिल्मले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथालाई बोल्नेछ । फिल्मको वितरण आरआर फिल्म्सले लिएको छ ।  





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ११:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया