चितवनमा विश्व पौडेलविरुद्ध बागी, बागीको निर्वाचन आयोगमा उजुरी
फाइल तस्वीर ।

नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनको तर्फबाट चितवन १ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार उठाएको विश्वनाथ पौडेविरुद्ध बागी उम्मेदवारी परेको छ । 

चितवन कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीले उनीविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । 

तिनै बुर्लाकोटीले पौडेलविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत दिएका छन् । सोमबार उनले उजुरी दिएका हुन् । 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा बहाल हुँदाहुँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकाले उनको उम्मेदवारी खारेज हुनु पर्ने माग बुर्लाकोटीले राखेका छन् । 

पौैडेलले आफू अब पदमा बाहल नभएको प्रमाण पेश गर्नु पर्ने हुन्छ । त्यसको आधारमा निर्वाचन आयोगले भोलि निर्णय लिने बताएको छ ।

पौैडेलले भने २० असोजमा नै योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चितवनमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १७:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया