नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पिसिआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको मृत्यु भएको छैन ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् । हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।