यस्तो छ रञ्जु दर्शनाको घोषणापत्र [पूर्णपाठ]

काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । 

घोषणपत्रमा उनले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन् । आफूले चुनाव जितेमा संसद्‌का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्तरुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्ने, भूमिगत पानीको अध्ययन गर्नेलगायतका प्रतिबद्धता उनको घोषणापत्रमा उल्लेख छ । 

उनले सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका प्रदीप पौडेल र एमालेका तर्फबाट निवर्तमान सांसद ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्ने छिन् ।





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १८:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया