म आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको हुँ : रेखा थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन् । मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।

‘नेताहरू पटक–पटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरू सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ । अनि त्यो कुराहरू केही पनि पुग्दैन। म सपना सुनाउन आएको होइन, तपाईंहरूको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरू सबै बुझेको छु ।’

आफू नेता बन्न होइन, नेता बनाउन आएको रेखाले बताइन् । ‘अब तपाईंहरू मत दिने हातहरू महान् नेताहरू हो, अब कस्तो व्यक्ति चुन्ने, कस्तो  व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईंहरूको हातमा छ । हिजो जे–जे भयो भयो हिजो आस गरेर जसलाई मत दियौँ दियौँ, अब समय परिवर्तनशील छ।’

रेखाले आफ्नो उम्मेदवारीबारे प्रस्ट पार्दै भनिन्, ‘तपाईंहरूको अगाडि विकल्पको रूपमा प्रस्तुत हुन आएकी छु ।’





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार २१:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया