नेपाली चेली बेलायतमा काउन्सिलर पदमा मनोनीत

बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा गृष्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् ।

यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन् ।

काठमाडौं जन्मघर भएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियरसमेत हुन् । काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको भन्दै साउथ वेस्टन विनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो ।

१९ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुलेकी थिइन् । लोहनीले काउन्सिलभित्र आफूले गरेको प्रभावकारी कार्यकुशलताको मूल्यांकन गर्दै सो पदमा मनोनीत भएको बताइन् । उनले आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गरेकी छन् ।

उनी  विगत एक वर्षदेखि फिलाइन्स सिभिल इन्जिनियरको रूपमा कार्यरत छिन् । उनले बेलायतको साउथ ह्याम्टन युनिर्भसिटीबाट इन्जिनियरिङ गरेकी हुन् । उनी इस्टिच्युट अफ सिभिल इन्जिनियर (आइसीइ) केन्द्रीय सदस्यसमेत छिन् ।

सामाजिक सेवामा समेत रुचि राख्ने लोहनीले नेपालमा विभिन्न सामाजिक क्षेत्रका कार्यमा आर्थिक सहयोगसमेत गरेकी छन् । नेपालमा २०७२ सालमा भूकम्प गएका बेला उनकै सक्रियतामा स्थानीय रूपमा करिब आठ लाख नेपाली रुपैयाँ संकलन गरेर भूकम्प पीडितलाई सहयोग गरिएको थियो । 



उनले हेल्प नेपाल नेटवर्कमार्फत सहयोग गर्दै आएकी छन् । उनका श्रीमान् सुमिन लोहनी हस्पिटालिटी व्यवसायमा आबद्ध छन् ।



  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १६:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया