बझाङमा जिप दुर्घटना अपडेट : मृतक ४ जनाको सनाखत

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो । 

मृत्यु भएकामध्ये अहिलेसम्म ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका लोकेन्द्र खडकाकी १३ वर्षीया छोरी सम्झाना खड्का, सोही ठाँउका हेमराज खड्काका १५ वर्षीय छोरा रोशन खड्का, महेश कठायतकी श्रीमती २८ वर्षीया बसन्ती धामी र अर्का एकजना ११ वर्षीय प्रचण्ड खड्काको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।  

जिपमा कतिजना सवार थिए भन्ने यकिन भएको छैन । प्रहरी र स्थानीयवासीको समन्वयमा घटनास्थलबाट ८ जना घाइतेको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।
 
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेका प्रहरीले जनाएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेर भिरमा अड्किएको छ ।

दुर्घटनामा घाइते १८ जनाको परिचय खुलेकाे छ । 

घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्किदेवि भण्डारी, सोही वडा २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १८:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया