प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

धरान– प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।   

प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए ।  

प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उनको भनाई  थियो । हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ । 

प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ६७, पूर्वएमाले ५१, पूर्वमाओवादी केन्द्र १६० नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक/एक रहेका छन् ।  
 





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार ९:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया