प्रधानमन्त्री देउवाले दिए बेलायती समकक्षी ऋषि सुनकलाई बधाई

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेलायतको कन्जर्भेटिभ पार्टीका नेता तथा आगामि प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।

सामाजिक सन्जाल ट्विटरमा एक पोस्ट लेख्दै प्रधानमन्त्री देउवाले सुनकलाई बधाई दिएका हुन् ।

बधाई दिँदै देउवाले लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई थप अगाडि बढाउन मिलेर काम गर्न आफू तत्पर रहेको देउवाले बताएका छन् ।

४५ दिनअघि बेलायती प्रधानमन्त्रीको सपथ लिएकी लिज ट्रसले राजीनामा दिएपछि सुनक बेलायती प्रधानमन्त्री बन्दै छन् । उनका आमाबाबु दुवै भारतीय मूलका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १०:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया