दाङको तुलसीपुरमा बियरको बोतल प्रहारबाट दुईजना घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका–३ बारमौजामा झडप हुँदा दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति बारमौजाका टीकाराम केसीलगायतको समूहले सामान्य विवादमा बियरको बोतलले हान्दा १९ वर्षीय आशिष थापा र २२ वर्षीय झरेन्द्र थापा घाइते भएका हुन् ।  

घाइते दुवैको अहिले राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्ति फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार १२:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया