मधेस प्रदेशको राजधानी जनकपुरधाम अस्तव्यस्त, बजारमा ट्राफिकको छैन अत्तोपत्तो

मधेस प्रदेशको राजधानी जनकपुरधाम अन्य दिनको तुलनामा आज अस्तव्यस्त बनेको छ । छठ पर्वको मुख्य दिन आज ‘सँझुका अर्घ्य’ परेकोले बजारमा अत्यधिक भीड बढ्दा अस्तव्यस्त बनेको हो । 

बजारमा मानिस र सवारी साधनको अत्यधिक भीड बढे पनि ट्राफिक प्रहरीले व्यवस्थापन गर्न सकेको छैन । सहरका मुख्य चोकहरुमा अत्यधिक भीड देखिएको छ भने पोखरी घाटहरूमा जाने बजारका मूल सडकहरू पनि बिहानैदेखि भरिभराउ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । 

यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चन्द्र भूषण यादवले नगरभित्रका पोखरी घाटहरूलाई बढी केन्द्रित गरेर जनशक्ति परिचालन गरिएकोले सडकमा बढेको भिडभाड व्यवस्थापन गर्न समस्या भएको बताए । उनले नेपाल प्रहरीसँग समन्वय गरेर नियमित ड्युटीबाहेक नगरभित्रमा १५ जना ट्राफिक प्रहरी खटाइएको जानकारी दिए । 

यता, छठ पर्वमा हुनसक्ने सम्भावित घटनाहरूलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले पनि नगरभित्रमा म्यादी र जनपद गरी ६ सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १५:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया