चलचित्र विकास बोर्ड अध्यक्ष निकिताले दिइन् राजीनामा

काठमाडौं– चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने’ कारण देखाई उनले बोर्ड अध्यक्षबाट राजीनामा दिएकी हुन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै पोडेलले माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा पेस गरेको जानकारी दिइन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले उनीसँग स्पष्टीकरण मागेको थियो । पौडेलले भने मन्त्रालयको स्पष्टीकरण पत्र आफूले नपाएको बताएकी छिन् ।

उनी २०७४ मंसिर २५ गते बोर्डको अध्यक्ष नियुक्त भएकी थिइन् । आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलोपटक ‘बक्स अफिस’ प्रणाली सुरु गरेको उल्लेख गर्दै उनले आफूलाई दिइएका जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमाभित्रै समापन गरी त्यसको रिपोर्ट पनि मन्त्रीलाई बुझाएको बताएकी छिन् ।

निकिताले सरकारबाट पाएको पछिल्लो ३ महिनाको तलब बापतको रकम आफ्ना पति रवि लामिछानेको संयोजकत्वमा कालिकोटमा निर्माण हुँदै गरेको  ‘रास्कोट सामुदायिक अस्पताल’लाई दिने घोषणा गरेकी छिन् । केही दिनअघि उनले सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी हुन् ।





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १९:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया