आइएनएफबाट अलग भएपछि नयाँ मिसाइल बनाउँदै रुस

एजेन्सी– शीत युद्धको क्रममा भएको इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स (आइएनएफ) सन्धिबाट अलग भएपछि रुसले नयाँ मिसाइल प्रणाली विकसित गर्न काम गर्न सुरु गरेको छ । 

आइएनएफ सन्धिदेखि रुस र अमेरिकालाई छोटो तथा मध्यम दुरीको मिसाइल प्रयोगमा प्रतिबन्ध थियो । 

अमेरिकाले लामो समयसम्म रुसलाई यो सन्धिको उल्लंघन गरेको आरोप लगाइरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता अमेरिका यो सम्झौताबाट अलग हुने घोषणा गरेका थिए । अमेरिकाको घोषणापछि रुसले पनि सन्धी तोड्यो । 

सन्धीबाट अलग भएपछि यी दुई देशबीच हतियारको नयाँ होड सुरु हुने चिन्ता विश्व समुदायमा छ । 

अमेरिका र रुसबीचको तनाव कम गर्न शीत युद्धको क्रममा १९७८ मा आइएनएफमा हस्ताक्षर भएको थियो । 

रुसका रक्षा मन्त्री सर्गेई सोयगुले मंगलबार दुई वर्षभित्र जमिनबाट प्रक्षेपित गर्न सकिने नयाँ मिसाइल बनाउने रुसले लक्ष्य लिएको बताएका छन् । आइएनएफ सन्धि हुँदा जमिनबाट आक्रमण गर्ने मिसाइलमा प्रतिबन्ध थियो तर समुद्र र हावामा प्रक्षेपण गरिने मिसाइलमा प्रतिबन्ध थिएन् । रुससँग यस्ता मिसाइलहरु अहिले पनि छन् र नयाँ मिसाइल बनाउन यसको प्रयोग गर्न सक्ने बताइएको छ । 



सोयगुका अनुसार अमेरिकाले पहिले देखि नै यो सम्झौता उल्लंघन गरिरहेको थियो । अमेरिका ५०० किलोमिटरभन्दा बढी दुरी तय गर्ने मिसाइल बनाउन सक्रिय रुपले काम गरिरहेको थियो, जुन सन्धिविपरित थियो ।

यस्तो अवस्थामा रुसी राष्ट्रपतिले रक्षा मन्त्रालयलाई ‘जस्तालाई त्यस्तै’ अनुसार काम गर्न निर्देशन दिएको रक्षा मन्त्री बताउँछन् । 



अमेरिकाले रुसको घोषणाप्रति कुनै प्रतिक्रिया दिएको छैन् तर समाचार एजेन्सी एपीले गएको हप्ता ट्रम्प प्रशासनका अधिकारीलाई उद्धृत गर्दै आइएनएफले प्रतिबन्ध लगाएको मिसाइलमा कुनै परिक्षण, काम नभएको र भविष्यका लागि पनि कुनै योजना नभएको उल्लेख गरेको थियो ।

ट्रम्प प्रशासनले रुससँगै आइएनएफबाहिर रहेका देशहरु विशेषगरी चीनसँग डर रहेको चिन्ता व्यक्त गरेको थियो ।

अमेरिकाले रुसले सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । रुसले प्रतिबन्धित ५०० देखि ५००० किलोमिटरको सीमालाई तोड्दै मिसाइल प्रक्षेपण गरेको आरोप अमेरिकाको छ ।  

अर्कोतर्फ रुस अमेरिका यो सन्धिको उल्लंघन गरिरहेको बताउँछ । रुसले अमेरिकाले आफूलाई झुटो आरोप लगाएको प्रतिक्रिया दिएको छ । यसकारण पनि आफू यो सम्झौताबाट बाहिर निस्किएको रुसको भनाई छ । 

अमेरिकाका अनुसार रुसले सन्धिको वेवास्ता गर्दै जमिनबाट प्रक्षेपित हुने ढmठद्दढ र ककअ)ड क्रुज मिसाइल तैनाथ गरेको थियो । सन्धीकै अवधिमा रुसले १०० भन्दा बढी मिसाइल तैनाथ गरिसकेको छ । 

अर्को तर्फ अमेरिकाले पनि नयाँ मिसाइल बनाउन रिसर्चका लागि फन्ड दिइरहेको छ । 

अमेरिकाको आम्र्स कन्ट्रोल एसोसिएशनका अनुसार यस सन्धिमा पहिलो पटक दुई महाशक्तिबीच आफ्ना परमाणु शस्त्रागार कम गर्ने, परमाणु हतियारको पूरा श्रेणी अन्त्य गर्ने र साइटमा निरीक्षणको अनुमति दिने विषयमा सहमति भएको थियो । 

आइएनएफ सन्धिको परिणामस्वरुप अमेरिका र सोभियत संघले १९९१ को जुनमा २,६९२ साना, मध्यय तथा मध्यवर्ती दुरीका मिसाइल नष्ट गरेका थिए । 

  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार ८:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया