साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् : भीम रावल

एमालेका नेता डा. भीम रावलले आफ्नै पार्टीको घोषणापत्रमाथि प्रश्न उठाएका छन् । 

एमालेले मंगलबार जारी गरेको घोषणापत्रमाथि उनले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रश्न उठाएका हुन् । एमालेले विभिन्न पार्टीसँग गरेका गठबन्धन कुन नीति, सिद्धान्त तथा गन्तव्यले पुष्टि गर्छन् ? भन्दै उनले प्रश्न गरेका छन् । 

‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भन्ने भनाइ उचित हो । तर, कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्,’ उनले ट्विटरमा लेखेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार २०:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया