नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सन्जाल ट्विटरमा निकै सक्रिय छन् । झन्, पछिल्लो समय निर्वाचन नजिकिँदै जाँदा उनी ट्विटरमा अझ बढी सक्रिय हुँदैछन् ।
यहीबीच शनिबार विहान भट्टराईले सत्ता गठबन्धनका दलहरुलाई मत माग्न एउटा ट्विट गरेका छन् ।
चर्को घामले सताइरहेको वेला हॅसिया बोक्ने किसान, हथौडा बोक्ने मजदूर र कलम समात्ने वुद्धिजीवी ठूलो रूखको छायाॅमा बसेर चियाको गिलासमा चिया खाॅदा जुन आनन्द आउॅछ,त्यसलाई सम्झेर भोट हालौं!
— Baburam Bhattarai (@brb1954) November 4, 2022
गाउँघरमा केटाकेटीले गर्ने जोकजस्तो लाग्न सक्छ, भट्टराईको यो ट्विट । किनकि उनले गठबन्धनका दलहरुको चुनाव चिन्हलाई जोडेर ट्विटरमा भोट मागेका छन् ।
उनले ट्विटरमा लेखेका छन्– चर्को घामले सताइरहेको वेला हॅसिया बोक्ने किसान, हथौडा बोक्ने मजदूर र कलम समात्ने वुद्धिजीवी ठूलो रूखको छायाँमा बसेर चियाको गिलासमा चिया खाँदा जुन आनन्द आउॅछ, त्यसलाई सम्झेर भोट हालौं १
डा. भट्टराई बौद्धिक नेतृत्वको पनि नेतृत्व गर्ने नेताका रुपमा धेरैले चिनेका छन् । तर, उनले जसरी यो ट्विट गरेका छन्, यसले उनकै फलोअर्सहरुले समेत उनीमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सन्जाल ट्विटरमा नै उनले यो ट्विट लेखेको केही समयमा नै एक जना उनका फलोअरले लेखेका छन्, ‘३ कक्षामा फेल भएको मान्छे जस्तो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।