मकवानपुरका १९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउने क्रममा १९ वटा मतदानस्थललाई अति संवेदनशी सूचिमा राखिएको हो । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले थप ६० वटा मतदानस्थलहरुलाई संवेदनशील र ८० वटा मतदानस्थलहरुलाई समान्य सूचीमा राखिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षा संवेदनशीलताको आधारमा आवश्यक पर्दा नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी परिचालन गरिने जानकारी दिए । 

यस्तै थप सुरक्षा व्यवस्थाका लागी जिल्लामा १ हजार ६ सय ९९ म्यादी परिचालन गरिने पनि प्रजिअ पाण्डेले बताए । आगामी निर्वाचनका लागी मकवानपुरको दुई वटा संघीय र ४ वटा प्रदेश सभा क्षेत्रका लागी एक सय ६७ मतदानस्थल र तीनसय ६४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसअघि ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा एक सय ६५ वटा मतदानस्थल र तीनसय ५८ वटा मतदान केन्द्र रहेका थिए । 

स्थानीय तह निर्वाचन भन्दा यसपटक मकवानपुरमा ५ हजार ८ सय ९ जना मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र थप गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १४:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया