भोलिबाट देशका अधिकांश स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपात हुने

जल तथा मौसम विभागअन्तर्गत मौसमा पूर्वानुमान शाखाले भोलिबाट देशका अधिकांश स्थानमा वर्षा र हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरेको छ ।

केहीबेरअघि आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मैसम पूर्वानुमान शाखाले पश्चिमी न्यून चापीय प्रणालीको असरले बदली हुने अनुमान गरेको हो ।

शाखाको पूर्वानुमानअनुसार हिमाली भेगमा भारी हिमपात हुने देखिन्छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले शनिबारबाट देशको पश्चिमी भेगको मौसममा सुधार आउनेछ भने मध्य र पूर्वी भेगमा आइतबारबाट सुधार हुनेछ ।





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १९:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया