‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रूपमा देखिँदै छिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलो पटक सँगै अभिनीत ‘डिसेम्बर फल्स’ वर्षकै प्रतीक्षित फिल्मका रूपमा रहेको छ । पुस १५ गते देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘चार घण्टा कुरेको’ बोलको प्रेमील गीतको हालै छायांकन सम्पन्न भएको छ । 

भक्तपुर दरबार स्क्वायरमा भब्य सेट निर्माण गरि चार दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामिछानेले निकै रोमान्टिक रूपमा प्रस्तुत गरेको बताइन्छ । दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका हुन् । 

भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो । दुई साताअघि सार्वजनिक फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको फिल्मको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ । 

आर्यन, उपासना, सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुति,लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । 

बिपीका खनालको कथा,केदार भुसाल र प्रतीक पौडेलको पटकथा/संवाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दै छन् ।  





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार ११:४१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया