कोहलीलाई ‘प्लेयर अफ दी मन्थ’ अवार्ड

भारतीय ब्याटर विराट कोहली ‘प्लेयर अफ दी मन्थ’ घोषित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज उनलाई अक्टोबर महिनाको ‘प्लेयर अफ द मन्थ’ घोषणा गरेको हो । 

दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिज र टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका कोहलीले यो अवार्ड पाएका हुन्। उनले जिम्बाब्वेका सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पछि पारे।

यस्तै,महिलातर्फ यो अवार्ड पाकिस्तानकी अलराउन्डर निदा दारले प्राप्त गरेकी छन् । उनले भारतका जेमिमाह रोड्रिगेज र दिप्ती शर्मालाई पछि पारेकी हुन्। 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १५:४६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया