नरेश थापा राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त भएका छन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उनलाई नियुक्ती पत्र हस्तान्तरण गरे । 

एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । नेपाल र पाकिस्तानबीचको एक मैत्रीपूर्ण खेल ३० कात्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

मैत्रीपूर्ण खेल साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फिफाको निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टोलीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको छ । यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदीप हुमागाँईले टोली हेरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १२:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया