धादिङमा बोलेरो दुर्घटना : एकको मृत्यु, ६ घाइते

धादिङमा बोलेरो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्वालामुखी ४ का ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको प्रहरी चौकी साँधभञ्ज्याङले जनाएको छ । टारीबाट अर्याल गाँउतर्फ आउँदै गरेको ग१ज ५५८० नम्बरको धान, पराल बोकेको बोलेको दुर्घटना भएको हो । 

दुर्घटनामा बोलेरो चालकसहित अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा ज्वालामुखी ४ अर्याल गाउँका बोलेरो चालक २० वर्षीय समीर गदेल, सोही स्थानका ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर विक, ५२ वर्षीय किसन विक र १५ वर्षका प्रितम गदेल छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार २१:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया