दार्चुलामा दुई गठबन्धनका कार्यकर्ताबीच झडप, दुईजना घाइते

दार्चुलामा सत्तारुढ गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । 

आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचार–प्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
 
झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२र२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४र३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे ठगुन्ना एमालेका कार्यकर्ता हुन् भने जयभान धामी कांग्रेस कार्यकर्ता हुन् ।

घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले  प्रहरीले जनाएको छ ।

झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार २०:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया