मोहन वैद्य निकट कविहरु भन्छन्ः सत्ता र सिंहासन बदल्नका लागि चुनाव बहिष्कार गरौँ

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आबद्ध कविहरुले पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा उनीहरुले कविता वाचन गर्दै निर्वाचन बहिष्कार गर्न आह्वान गरेका हुन् । चुनावको अवज्ञा र बहिष्कार गर्न एकजुट हुन कवि वसन्त बोगटीको आग्रह थियो । उनले भ्रष्ट दलालहरुले चुनावको नाटक गरेर मुलुकमा फेरि लुट मच्चाउन खोजेकाले चुनाव बहिष्कार गर्नुपर्ने अवस्था आएको भावसहितको कविता वाचन गरे । 

कवयत्री सुनिता बुढाथोकीले चुनावमा भोट हाल्न नजान आह्वानसहितको कविता प्रस्तुत गरिन् । चुनावलाई गरिब जनता मार्ने एम्बुसको रुपमा चित्रण गरिएको उनको कविताको सारांश थियो । कवयत्री बुढाथोकीले गरिब जनताका लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने भएकाले चुनाव बहिष्कार गर्नुपर्ने तर्कसमेत कविताको माध्यामबाट व्यक्त गरिन् । 

पद, पैसा र शक्तिका लागि चुनाव लडेको भन्दै त्यसलाई बहिष्कार गर्नुको विकल्प नरहेको कवि प्रकाशचन्द्र घिमिरेले बताए । उनका कवितामा सत्ता र सिंहासन बदल्नका लागि चुनाव बहिष्कार गर्नुपर्ने भाव थियो ।

कविहरुले आ–आफ्नो कविता वााचन गर्दै गरिब जनताले सहँदै आएको पीडाको अन्त्यका लागि वर्तमान राज्य सत्ताको अन्त्य गरेर नयाँ जनवादी शासन व्यवस्था ल्याउनुपर्ने जिकिरसमेत गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १६:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया