ओनसरी घर्तीको क्षमता देखेर मैले नै यो क्षेत्रमा सिफारिस गरेको हुँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले निर्वाचनपछि फेरि गठबन्धन सरकार बन्ने दाबी गरे । 

यसअघिको चुनावमा एमाले र माओवादी मिलेर वाम गठबन्धन बनाएको स्मरण गर्दै नेपालले सो गठबन्धनले दुईतिहाइ बहुमत पाए पनि एमाले अध्यक्ष ओलीले जनमतको अपहेलना गरेको बताए । 

‘चुनावी गठबन्धन नभएको भए, एमालेले सिट ल्याउने थिएन, कमसेकम सत्य कुरालाई स्वीकार गर्नुपर्छ, नेपालले भने, ‘यो कुरालाई ढाकछोप गर्ने र अवमूल्यन गर्ने काम गरेका छन्। जनमतलाई अपहेलना गरेको हुनाले जनताले यसपटकको चुनावमा पराजित गर्नेपर्छ।’

यस क्षेत्रको समस्या समाधानका लागि सक्षम नेतृत्व अघि सारेको नेपालले बताए । पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीलाई आफैँले सो क्षेत्रमा सिफारिस गरेको नेपालको दाबी छ । नेपालले भने, ‘ओनसरीमा केही खुबी भएको, महिला नेतृ तपाईंको बीचमा आउनुभएको छ। नेपाली महिलाको जित हुनेछ।’ 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १८:८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया