पूरा भयो निर्वाचनको तयारी

निर्वाचन आयोगले  पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पूरा भएको जनाएको छ । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए । 

आयोगले प्रतिनिधिसभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातिक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सूचीमा कायम राखेको हो । यस्तै, प्रदेशसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातिकतर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसूचीमा कायम गरिएको आयोगले जनाएको छ । 

आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधिसभा तथा प्रदेशसभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र सामानुपातिक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तिम बन्द सूचीमा कायम गरिएको आयोगले जनाएको हो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचित हुने निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिकतर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिएको छ ।  

पर्यवेक्षणद्वारा निर्वाचनको विस्वसनीयतालाई अभिवृद्धि गर्न ४४ वटा संस्थाका ७ हजार २०७ जना र दुईवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमति लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षिण कोरियाका प्रमुख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कूटनीतिक नियोगका नेपालका समूहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको थपलियाले जानकारी दिए । 

मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यकताअनुसारको सुरक्षकर्मी मतदमन स्थलमा पुगिसकेको छ । साथै निर्वाचन अधिकृतले बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सूचनाहरु प्रकाशित गर्ने, मादकपदार्थ वा हातहतियार बोक्न नदिने लगायत विषयमा आवश्यक छलफल गर्नेछन् ।



सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मित्थ्या सूचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत रहेको प्रवक्ताको भनाइ छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा सुरक्षा गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको थपलियाले जानकारी दिए ।



  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार २०:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया