बारा ४ बाट नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित

बाराको क्षेत्र नम्बर ४ बाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका एकवाल मियाँलाई ६ हजारभन्दा बढी मतले हराउँदै निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले २० हजार २ सय ९१ मत पाए । मियाँले १३ हजार ८ सय ६३ मत ल्याए ।

किसानको यो जितलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । 

यसअघि तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई नेकपा एमालेका तर्फबाट हराउँदै संसदमा इन्ट्री गरेका किसानले यसपटक तनहुँमा टिकट नपाउने भएपछि बारा ४लाई रोजेका थिए ।

नयाँ क्षेत्रमा पनि किसानले सहज जित हासिल गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १९:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया