गुल्मी–२ मा एमालेको ‘क्लिन स्विप’

गुल्मीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यसहित दुवै प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेकपा (एमाले) का गोकर्णराज विष्टसँगै दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

यस क्षेत्रबाट एमालेका विष्ट २ हजार ३५ मतको अग्रतासहित २८ हजार ४ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरिन् ।

त्यस्तै, प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डिल्लीराज भुसाल १ हजार ४९ को अग्रतासहित १४ हजार २ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार २ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

साथै प्रदेशसभा सदस्य (ख) मा पनि एमालेकै उम्मेदवार दिनेश पन्थी १ सय १० मतको अग्रतासहित १३ हजार ९ सय २९ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनकोे तर्फबाट नेकपा (माओवादी केन्द्र)का बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत थापाले जानकारी दिए । 

यस क्षेत्रमा कूल १ लाख ४ हजार ३ सय २७ मतदाता थिए । जसमध्ये खसेको मत ५८ हजार सात सय ५९ हो । सोमध्ये ५६ हजार ५ सय ९३ मत सदर भएको थियो । यस क्षेत्रमा मुसिकोट र रेसुङ्गा नगरपालिका सहित मालिका, मदान, धुर्कोट , इस्मा गाउँपालिकाका वडा पर्छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ७:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया