थप सातजनामा कोभिड संक्रमण पुष्टि

बुधबार नेपालमा थप सातजनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ४ सय ५४ पिसिआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । थप ३० संक्रमित निको भएका छन् । 

हाल नेपालमा १ सय ७८ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १७:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया