परिवारसहित प्रचण्ड सुटुक्क सुकुटेमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवार र पार्टीका केही नेतासहित बुधबार सुकुटे बिच रिसोर्ट पुगेका छन् ।

अध्यक्ष प्रचण्डसँग सभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोकबाट सांसद निर्वाचित माधव सापकाेटा, प्रदेश सांसदमा विजयी सरल सहयात्री, भरतपुरकी मेयर रेणु दाहाल, छाेरी गंगालगायत सुकुटे पुगेका छन् । 

त्यहाँ उनीहरुले र्याफ्टिङ पनि गरेका छन् । अध्यक्ष दाहालको निजी सचिवालयले यो उनको पारिवारिक भ्रमण मात्रै रहेको जानकारी दिएको छ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । दाहालले आगामी सरकारको नेतृत्वको सवालमा सल्लाहका लागि निकटस्थ छलफल अघि बढाएका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १७:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया