सुरुंगा नगरपालिका बन्यो मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका

सप्तरीको सुरुंगा नगरपालिका मधेस प्रदेशकै पहिलो बलविवाहमुक्त नगरपालिका बनेको छ । सप्तरी क्षेत्र ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले बुधबार एक कार्यक्रमबीच बालविवाहमुक्त नगरपालिका घोषणा गरेका हुन् ।

सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुंगा नगरपालिका कार्यालयले नगरलाई पूर्ण रूपमा बालविवाहमुक्त नगर घोषणा गरेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए ।

नगरले चालू आर्थिक वर्षमै पास गरेको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्तालगायत १४ वटा सूचकको आधारमा बालविवाहमुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २१:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया