एउटै व्यक्ति चोरी मुद्दामा पाँचौंपटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा ४ लाख ८८ हजार रुपैयाँ चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङ रहेका छन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनी यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख रुपैयाँ धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् । 

प्रहरीले पक्राउ तामाङसँग १ हजार दरको नोट ४ सय ९ थान, ५ सय दरको नोट ८० थान, १ सय दरको नोट १ सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट ३ सय ५० थान, १० दरको नोट ४ सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ११:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया