चक्कु प्रहारबाट एक चिनियाँ नागरिकको मृत्यु

काठमाडौंको इन्द्रचोकमा चक्कु प्रहारबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ। 

आइतबार विवादका क्रममा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २९ वर्षीय कान साउसिङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। 

काठमाडौं महानगरपालिका–२५, इन्द्रचोकमा तीन चिनियाँ नागरिकबीच विवाद हुँदा ३७ वर्षीय फङ चङयुनले चक्कु प्रहार गरेका थिए। अर्का गम्भीर घाइते ३२ वर्षीय ली छनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ।

चक्कु प्रहार गर्ने फङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले घटनाबारे अनुसन्धान गरिरहेको बताए। 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार २२:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया