प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनामा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले फेरि अग्रता लिएका छन् ।
आज बिहान ३० मतले पछि परेका उनले पछिल्लो मत परिणामअनुसार भने अग्रता लिएका हुन् ।
८१ हजार ९६ मत गणना हुँदा कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन् ।
कार्की र शिवाकोटीबीच १ हजार १९५ मतान्तर रहेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ३६१ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले १ हजार ५०६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।