साढे ७ लाख जरिवाना नतिरे बालेन पदमुक्त हुने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । स्थानीय तहको निर्वाचन खर्च पेस नगरेका कारण आयोगले उनलाई साढे सात लाख जरिवाना ताेकेकाे थियाे ।  

बालेनले आफू निर्वाचित भएलगत्तै समााजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको भन्दै जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका छन् । स्थानीय तहका उम्मेदवारले ६ महिनाभित्र जरिवाना नबुझाए निर्वाचित पदाधिकारी पदमुक्त हुने कानुनी व्यवस्था छ । 

आयोगले प्रमुख शाहको निवेदनमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । निर्वाचन कानुनमा भने जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानुनी व्यवस्था छैन । 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १७:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया