राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका ८८४ सांसदमध्ये अपांगता भएकाको संख्या तीन मात्रै

विसं २०६८ सालको जनगणनाअनुसार मुलुकमा एक दशमलव ९४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । तर, संघीय संसदका दुवै सदनमा ३३४ र सात प्रदेशसभामा ५५० गरी कुल ८८४ जना सांसदमध्ये अपांगता भएका व्यक्तिको संख्या भने जम्मा तीन मात्रै छ । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा नेकपा (एमाले)बाट समानुपातिक निर्वाचन प्रणालीबाट कालुराम राई रहेका छन् भने राष्ट्रिय सभामा प्रकाश पन्त रहेका छन्। 

साथै प्रदेशसभामा बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरेले प्रतिनिधित्व गरिरहेकी छन् । घिमिरे पनि समानुपातिकमा निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन् ।

आरक्षण सूचीमा खस–आर्य, आदिवासी/जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व भए पनि अपांगता भएका व्यक्तिलाई समावेश गरिएको छैन । संसद्मा अनिवार्य उपस्थितिको सुनिश्चितता किटान नगरेसम्म अपांगता भएका व्यक्तिको संख्या न्यून रहने देखिन्छ । 

संविधानको धारा ८४ (३) मा राजनीतिक दलले उम्मेदवारी दिँदा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वको हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ भने धारा ८६ मा राष्ट्रिय सभाको गठन र सदस्यको पदावधि र धारा एक सय ७६ मा प्रदेशसभा गठनमा अपांगता भएका व्यक्तिको सहभागिताबारे उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २०:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया