जापानको टोकियोमा एक नेपालीको मृत्यु

जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार सुगिनामी वार्डअन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राईको गएराति मृत्यु भएको हो ।

१३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गएराति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

शनिबार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।

राईको मृत्युको कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार ११:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया